पुराना तस्वीरहरू संकलन अभियान
२०२५ डिसेम्बर १२ परिवार कार्यसमिति
तपाईंसँग पुराना पुस्ताका पुर्खाहरूको तस्वीर छ? वंशावलीमा थप्न सहयोग गर्नुहोस् — परिवारको साझा सम्पत्ति बनाउनको लागि।
परिवारका धेरै पुराना पुस्ताका सदस्यहरूको तस्वीर अहिलेसम्म डिजिटल वंशावलीमा थपिएको छैन। यदि तपाईंसँग कुनै पुर्खाको तस्वीर, चिठ्ठी, वा अन्य पारिवारिक दस्तावेज छ भने, हामीलाई अनुग्रहपूर्वक पठाउनुहोला।
कसरी पठाउने?
• "सम्पादन सुझाव दिनुहोस्" बटनमा क्लिक गर्नुहोस्
• सम्बन्धित सदस्यको पेज खोलेर सुझाव फारममा तस्वीर अपलोड गर्नुहोस्
• वा सीधै परिवार कार्यसमिति वा प्राविधिक टोलीलाई इमेल पठाउनुहोस्
के तस्वीर चाहिन्छ?
• व्यक्तिगत पोर्ट्रेट तस्वीरहरू
• पारिवारिक समूह तस्वीरहरू
• विशेष क्षणका तस्वीरहरू (विवाह, चाडपर्व, यात्रा आदि)
• पुराना दस्तावेज वा चिठ्ठीहरू
तपाईंको सानो योगदानले हाम्रा पुर्खाहरूको स्मृति आउँदा पुस्ताका लागि सजीव राख्न मद्दत गर्नेछ।
